नयाँ शक्ति पार्टीको महाधिवेशन फागुनमा, जिल्लाजिल्लामा प्रचार अभियान

सफल खबर संवाददाता

विहीबार, १७ साउन २०७५, १३ : २७
नयाँ शक्ति पार्टीको महाधिवेशन फागुनमा, जिल्लाजिल्लामा प्रचार अभियान

चितवन । तत्कालीन नेकपा माओवादीका प्रभावशाली नेता डा. बाबुराम भट्टराईको पहलमा तीन वर्षअघि जन्मिएको नयाँ शक्ति पार्टी नेपालले पहिलो महाधिवेशन फागुनको दोस्रो सातामा आयोजना गर्ने भएको छ । पार्टीको ऐतिहासिक पहिलो महाधिवेशनको प्रचारप्रसार कार्य अन्य जिल्लासँगै चितवनमा पनि सुरु भएको छ ।
नयाँ शक्ति पार्टी नेपाल जिल्ला समन्वय समिति चितवनले बिहीबार भरतपुरस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टीको महाधिवेशन र जिल्ला समन्वय समितिले एक महिनासम्म चलाउने प्रचार अभियानबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै नयाँ शक्ति पार्टी नेपाल चितवनका संयोजक विष्णुहरि तिमल्सेनाले प्रचार अभियान भदौ १५ गतेसम्म चल्ने बताउनु भयो । उहाँले यसअघि असार १५ देखि साउन १५ गतेसम्म चितवन जिल्लाका सात ठाउँमा श्रम शिविर सम्पन्न गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस