चितवन । नेपाल प्रगतिशील चिकित्सक संघको चितवनमा तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनले मधुर बस्नेतको अध्यक्षतामा ३५ सदस्य केन्द्रिय कार्य समिती चयन गरेको छ ।
शनिबार सम्पन्न सम्मेलनले नेपालको संविधानले प्रत्याभूत गरेको स्वास्थ्य सेवाको सुनिश्चितता गर्न जनता केन्द्रित समाजवादी नीति तथा कार्यक्रमबाट मात्र सम्भव छ भन्ने निष्कर्षका साथ बमोजिमको १५ बुँदे घोषणा पत्र जारी गरेको छ
घोषणा पत्रमा समाजवाद केन्दृत राज्य को स्वास्थ्य नीति हुनुपर्ने र सोही अनुरूप कार्यान्वयन गरिनुपर्ने, स्वास्थ्यमा शून्य भ्रष्टाचार सुनिश्चित गरिनु पर्ने लगायतका मागहरु राखिएको छ ।
सम्मेलनमा नेकपा माओवादी केन्द्रका केन्द्रीय समिति उपाध्यक्ष अग्नी सापकोटाको प्रमुख आतिथ्य, स्वास्थ्य विभाग कल्पना धमला तथा भरतपुर महानगर पालिका प्रमुख रेणु दाहाल लगायतको सहभागीता रहेको थियो । कार्यक्रम संघका अध्यक्ष डा. कृष्ण सागर शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यस्तो छ १५ बुँदे घोषणा पत्र
१. समाजवाद केन्दृत राज्य को स्वास्थ्य नीति हुनुपर्ने र सोही अनुरूप कार्यान्वयन गरिनुपर्ने।
२. स्वास्थ्यमा शून्य भ्रष्टाचार सुनिश्चित गरिनु पर्ने ।
३. संविधानले प्रत्याभूत गरेको आधारभुत र आकस्मिक स्वास्थ्य निशुल्क हुने कुरा व्यवहारमा सुनिश्चित गरिनु पर्ने। सो को निम्ति सोही अनुसार बजेट, साधनस्रोत र जनशक्तिको व्यवस्था गरिनुपर्ने।
४. स्वास्थ्य बीमालाई सामाजिक सुरक्षा को प्रतिबिम्बको रुप मा ७७ जिल्ला मै पुनर्संरचना सहित बिस्तार गरिनुपर्ने।
५. जनता सङग अस्पताल अबधारणा अन्तर्गत प्रवर्द्धनात्मक स्वास्थ्यलाई जोड दिँदै जनताको घर दैलोमा नै स्वास्थ्य सेवा उपलब्ध हुने गरी व्यवस्था गरिनु पर्ने।
६.मेडिकल शिक्षामा आत्मनिर्भर हुने गरी भुगोल केन्दृत सेवा दिने सम्यन्त्र बनाइनु पर्ने।
७. स्वास्थ्यमा विदेश पलायन भैरहेको जनशक्तिको व्यापक पलायनलाई रोक्न तत्काल नीतिगत रुपमा विशेष व्यवस्था गरी लागू गरिनुपर्ने । चिकित्सक तथा स्वास्थ्यकर्मी हरुको निम्ति सामाजिक सुरक्षाको प्रत्याभूति गरिनुपर्ने ।
८. स्वास्थ्य क्षेत्रको जारी ONM वैज्ञानिक ढंगले तत्काल पूरा गरी लोकसेवा बाट चिकित्सक तथा स्वास्थ्यकर्मी हरुको दरबन्दी तत्काल बढाउनु पर्ने।
९. प्रस्तावित छाता ऐनको सन्दर्भमा सरोकारवालाहरु सङग व्यापक छलफल गरि बैज्ञानिक ढङ्गले स्वरुप निर्धारण गर्नुपर्ने।
१०. बालबालिका, महिला र ज्येष्ठ नागरिक केन्द्रित विशेष प्राथमिकता आधारित स्वास्थ्य को पहुँच ।
११. स्वास्थ्य संस्था तथा चिकित्सक र स्वास्थ्यकर्मीमा बढ्दै गएको आक्रमण रोक्न तत्काल सुरक्षा ऐनको प्रभावकारी लागू गरिनु पर्ने।
१२. स्वास्थ्य सहकारी अबधारणाको बिस्तार गरिनुपर्ने ।
१३. सरकारी र निजी स्वास्थ्य संस्थाहरुको प्रभावकारी नियमन, अनुगमन, प्रोत्साहन, सुदृढीकरण र आबस्यकताको आधारमा साझेदारी गरिनु पर्ने।
१४. चिकित्सकहरुको सरकारी सेवा मा भएको तहगत त्रुटि सच्चाउने।
१५. जनकेन्दृत समाजवादी स्वास्थ्य नीतिको पैरवी र कार्यान्वयन गर्न RED and EXPERT संगठनको रुपमा यस प्रगतिशील चिकित्सक संघ सम्पूर्ण रूपले परिचालित हुने र सो सँगै संगठन विस्तारको कार्यक्रम अगाडी बढाउने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ असार २०८०, ०७ : ३६
लेखकबाट थप