बिना निश्कर्ष सकियो सुनवाई समितिको बैठक, शुक्रबार फेरि बस्ने

सफल खबर संवाददाता

बुधबार, १६ साउन २०७५, १९ : ०४
बिना निश्कर्ष सकियो सुनवाई समितिको बैठक, शुक्रबार फेरि बस्ने

काठमाडौँ । प्रधानन्यायाधीशमा सिफारिस भएका दीपकराज जोशीको नाम स्वीकृत वा अस्वीकृत गर्ने विषयमा निर्णय लिन बसेको संसदीय सुनवाई समितिको बैठकले आज पनि कुनै निर्णय गर्न सकेन ।  अब अर्को बैठक शुक्रबार बस्ने गरी आजको बैठक सकिएको छ ।

बैठकमा प्रमुख विपक्षी कांग्रेसले ‘संघीय कानुन बनेको छैन, अनुमोदन नगर्ने हो भने हामी मान्दैनौं’ भनेपछि सहमतिका लागि बैठक स्थगित भएको हो । प्रमाणपत्रमा विवाद भएपछि जोशीको सुनुवाई लगातार चार पटकसम्म सरेको हो ।

समितिले यसअघि १० गते बिहिबार नै सुनुवाई गरेको थियो । तर त्यसयता दुई बैठक बस्दै नबसी स्थगित भयो भने बुधबारसहित दुई वटा बैठक बसेर पनि जोशीबारे कुनै निर्णय लिन सकेन । बुधबार दिउँसो ३ बजे बोलाइएको सुनुवाई समितिको बैठक निकै ढिला गरी सुरू भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस