सरकारी भवनकै नक्सा पास नभएपछि महानगरको एक्सन

सफल खबर संवाददाता

विहीबार, ३२ जेठ २०८०, २१ : ५३
सरकारी भवनकै नक्सा पास नभएपछि महानगरको एक्सन

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणको नाममा दर्ता कायम रहेको जग्गामा निर्माण भइरहेको नयाँ भवनको नक्सा पास नभएको पाइएको छ । निर्माणाधीन सरकारी भवनकै नक्सा पास नभएको पाएपछि काठमाडौँ महानगरपालिकाले उक्त भवनको निर्माण कार्यमा रोक लगाएको हो ।

काठमाडौँ महानगरको वडा नम्बर ९ सिनामंगलमा रहेको भवन प्रचलित कानुनबमोजिम नक्सा पास नभएको देखिएकाले निर्माण कार्य रोक्का गरिएको काठमाडौँ महानगरी प्रहरी बलले जानकारी दिएको छ ।

सो भवनको निर्माण कार्य नाक्सा पास भएपछि पनि जारी राख्न दिइने प्रहरी बलले जनाएको छ । महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले यस विषयमा सरकारी निकाय नियम कानुनमा झनै सचेत हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस