काठमाडौं। काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा आजदेखि सुरु भएको शैक्षिक मेलामा हस्तक्षेप गरेको छ। महानगरको शिक्षा विभाग अधिकारीहरुसहित भृकुटीमण्डपमा पुगेका महानगर प्रहरीहरुले त्यहाँका स्टल हटाइ दिएका हुन् ।
प्रक्रिया पूरा नगरी उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)ले मेला सञ्चालन गरेको भन्दै महानगरले मेलामा राखिएका स्टलहरु हटाएको काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए।
‘नतिजा नै नआइकन स्टल थापेर विद्यार्थी र अभिभावकलाई भर्नाको लागि लोभ्याउने, फोर्स गर्ने कार्य रोकेका छौं, अब स्टल बन्द भएको छ,’ नगर प्रहरी प्रमुख पाण्डेले भने।एसईई र कक्षा १२ को नतिजा कुरेर बसेका विद्यार्थी अभिभावकलाई लक्षित गरेर राखिएको हिसान मेला अनधिकृत रुपमा सञ्चालन भएको महानगरले जनाएको छ।
नतिजा आउनु अगाडि नै मेला आयोजना गर्नु अनधिकृत भएकोले स्टल हटाएको महानगरको दाबी छ। मेलामा ७५ भन्दाबढी शैक्षिक संस्थाका स्टलहरू रहेका छन्। मेला ३ असारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३२ जेठ २०८०, १६ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरको बजेट आज नआउने
बालेनले बोलाएको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को बैठक रद्द
काठमाडौं महानगरको वेबसाइटमा अब वायु प्रदूषणको ताजा अवस्था हेर्न सकिने
राजु पाण्डेको निलम्बनपछि महानगरमा तनाव हुने भय, खटाइयो प्रहरी
काठमाडौं महानगरमा विदेशी कुकुर दर्ता गर्न अब २ हजार रुपैयाँ लाग्ने
प्लाष्टिकजन्य फोहोर नबाल्न महानगरको आग्रह