काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका वास्तविक शरणार्थी नेता टेकनाथ रिजालको तर्फबाट ७ जना अधिवक्ताहरुले बहस गरेका छन् । बहसका क्रममा उनीहरुले रिजालमाथिको अभियोग पुष्टि हुन नसक्ने जिकिर गरे ।
बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा चिया ब्रेकअघि रिजालतर्फका ७ जना वकिलले बहस गर्दै उनीमाथि लागेका कुनै पनि अभियोग पुष्टि नहुने जिकिर गरे । अर्का प्रतिवादीबाट रिजालले ११ लाख रुपैयाँ लिएको आरोप लगाइएपनि त्यसबारे कहीँ कतै पुष्टि हुन नसक्ने रिजालको वकिलहरुको जिकिर थियो ।
रिजालको तर्फबाट चिया ब्रेकअघि अधिवक्ताहरु राजकुमार सुवाल, सम्बेश्वर कडरिया, राजेन्द्र घिमिरे, अनिल लाल, दुर्जेजंग थापा, प्रतिभा भट्ठराई र प्रकाश बस्नेतलले बहस गरेका छन् । चिया ब्रेक पछि थप केही अधिवक्ताले बहस गर्ने बताइएको छ । बहसका क्रममा सुवालले नक्कली भुटानी शरणार्थी प्रकरणमा रिजालको संलग्नता नभरहेको जिकिर गरे ।
शरणार्थीको कार्ड बनाउने कार्य रिजालको नभइ यो कार्य गृह मन्त्रालयको भएकाले त्यसमा रिजालको संलग्नताको सवाल नै नभएको जिकिर गरे । उनले अपराधीलाई भेट्दैमा केही अवराधी हुन नसक्ने उनको भनाइ थियो । उनी निर्दोष रहेकाले साधारण तारेखमा रिहा गरिनुपर्ने वकिलहरुको धारणा थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३२ जेठ २०८०, १४ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नक्कली भुटानी शरणार्थी प्रकरणमा सन्दीप रायमाझीसहित ६ जना रिहा
नक्कली भुटानी शरणार्थी प्रकरणः टेकनाथ रिजाललाई १५ लाख धरौटीमा छाडिने
बालकृष्ण खाणलाई रिहा गर्ने बारे न्यायाधीशको राय बाझियो, तेस्रो न्यायाधाीशसमक्ष पेश गरिने
नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामुक्त हुन दर्ता गरिएको निवेदनमाथि सुनुवाइ स्थगित
नक्कली भुटानी शरणार्थी प्रकरण : निवेदकले स्थगित गरे पुनरावेदन सुनुवाइ