काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयमा आजदेखि हुने भनिएको परीक्षा रोकिएको छ। ईन्जिनियरिङ संकाय अन्तर्गत विभिन्न सेमिस्टरको परीक्षाको समय तोकिएको थियो। तर,परीक्षा व्यवस्थापन कार्यालय लगाईएको तालाबन्दीका कारण परीक्षा रोकिएको हो।
कार्यालयले यसअघि नै सूचना जारी गर्दै परीक्षा स्थगित गरिएको जानकारी दिएको थियो। ती परीक्षाहरू अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको हो। सेवा आयोगका अध्यक्ष महेश दहालमाथि कालोमोसो फ्याकिएपछि पूर्वाञ्चल विश्वविद्यालयको माहोल तातेको छ। स्थानीयले दस्ता नै खडा गरेर प्रतिवाद गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३२ जेठ २०८०, १४ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वविद्यालयमा उपकुलपति सिफारिस गर्न बन्यो समिति
त्रिभुवन विश्वविद्यालयको शुल्क शोषणविरुद्ध अखिल क्रान्तिकारीको धर्ना जारी