कराते प्रतियोगितामा भाग लिन नेपाली टोली भारत प्रस्थान

सफल खबर संवाददाता

विहीबार, ३२ जेठ २०८०, १३ : ५६
कराते प्रतियोगितामा भाग लिन नेपाली टोली भारत प्रस्थान

पाटन । इन्डो–नेपाल कराते प्रतियोगितामा भाग लिन नेपाली टोली भारततर्फ प्रस्थान गरेको छ । भारतको गाजियावादमा हुने इन्डो–नेपाल आशिहारा कराते च्याम्पियनसीपमा भाग लिन बुधबार साँझ नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको सोसाई मात्सुतात्सु ओयामा कराते क्योकुसिनकाइकान नेपालका ब्रन्च चिफ दिपक लामाले जानकारी दिए ।

यही जुन १७ र १८ तारिखमा भारतको उत्तर प्रदेशको गाजियावादस्थित लिलावती पब्लिक स्कुल प्रताप विहारमा कराते प्रतियोगिता सञ्चालन हुँदैछ । स्थलमार्ग हुँदै त्यसतर्फ प्रस्थान गरेको टोलीमा १४ खेलाडीसहित २० जना सहभागी छन् ।

बुधबार साँझ सोसाई मात्सुतात्सु ओयामा कराते क्योकुसिनकाइकान नेपालका कार्यवाहक अध्यक्ष रमेश तामाङले प्रतियोगितामा भाग लिन जाने खेलाडीलाई खादा लगाएर शुभकामनासहित बिदाइ गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस