सिंहदरबारमा कार्यालय समयमा बाहिर निस्कने कर्मचारीको विवरण संकलन

सफल खबर संवाददाता

विहीबार, ३२ जेठ २०८०, ११ : ४०
सिंहदरबारमा कार्यालय समयमा बाहिर निस्कने कर्मचारीको विवरण संकलन

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबार गेटमा बसेर कार्यालय समयमा बाहिर निस्किने कर्मचारीहरूको विवरण टिप्न थालेको छ ।  

सिंहदरबार भित्र कार्यालयको समयमा कर्मचारी नभेटिने क्रम बढेपछि सतर्कता केन्द्रले कार्यालय समयमा बाहिर जाने कर्मचारीहरूको नाम, आइडी कार्डको विवरण, बाहिर निस्कने काम को प्रवृति र समय टिप्न थालेको हो । 

प्रतिक्रिया दिनुहोस