सरकाले जनतालाई नङग्याउने काम गर्दैछ : चन्द्र भण्डारी

मंगलबार, १५ साउन २०७५, १९ : ३२
सरकाले जनतालाई नङग्याउने काम गर्दैछ : चन्द्र भण्डारी

फाइल फोटो

चितवन । नेपाली काँग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले सरकाले जनतालाई नङग्याउने काम गरेको आरोप लगाउनु भएको छ । नेपाली काँग्रेस चितवनले आज आयोजना गरेको बिरोध प्रदर्शनपछिको कोण सभालाई सम्बोधन गर्दै उहाँले जनताको मतबाट अनुमन्दित सरकारले जनताको अत्याबस्यक बस्तुहरुमा भएको महंगि नियन्त्रण गर्न नस्कुन, करमा भारी बृद्धि गर्नुले यसलाई स्पष्ट पारेको बताउनु भयो ।

बाम गठबन्धनले निर्वाचनको समयमा जनता सामु गरेका बाचा र सरकार बनिसके पछि भएका कृयाकलापका कारण काँग्रेस आन्दोलनमा आउन बाध्य भएको उहाँको भनाई थियो । जनतालाई झुक्याउने काम कम्युनिष्ट सरकारले गरेको बताउँदै जनता सचेत नभए मुलुकलाई जोगाउनु पर्ने बताउन खोजेको उहाँको आरोप थियो । अहिलेको सरकार संञ्चालनको गतिबिधिले नेपालका कम्युनिष्टहरु पनि पूर्बि यूरोपमा जस्तै खोज्नु पर्ने समय चाँडैं आउने बताउनु भयो ।

अहिलेको सरकार सर्बसत्ताबादको बाटोमा हिडीसकेको भन्दै उहाँले यसलाई रोक्नु अहिलेको आबश्यकता रहेको बताउनु भयो । उहाँले भन्नुभयो “सरकारले जनतालाई ढाट्ने र सर्बसत्ताबाद लाद्ने काम गर्न खोज्दैछ, यसका बिरुद्ध सबै जनता लाग्नु पर्ने अहिलेको आबश्यकता हो ।” कम्युनिष्टहरुले राष्ट्रबादको नारालाई सत्ताको भर्याङ् बनाएको बताउँदै उहाँले ओलिको राष्ट्रबादको नाराले सिंहदरबारमा गएर पुर्णबिराम लागेको बताउनु भयो ।

आँफुलाई राष्ट्रबादि भन्नेहरु भन्दै उहाँले आँफुले खनेको खाल्डोमा आँफै पर्न लागेको बताउनु भयो । राष्ट्रबादको नारा सिमिति समयका लागि मात्रै लगाएको र अहिले राष्ट्रियताको बिषयमा कुनै चासो नदेखाएको भन्दै उहाँले यस्तो बताउनु भएको हो ।
सभालाई सम्बोधन गर्दै नेता भण्डारी सरकार संञ्चालनका क्रममा ओलि नेतृत्व धेरै ठाउमा चुकेको बताउनु भयो । आँफुले गरेको निर्णय आँफैले उल्टाएको भन्दै उहाँले भन्नुभयो “सिण्डीकेट अन्त्य गर्छु भन्ने तीनै व्यवसायी संग बसेर अर्को निर्णय गर्ने, सुन तस्करलाई कारवाहि गर्छु भन्ने फायल अगाडि वढाउन नदिने कस्तो सरकार हो यो ।”

कम्युनिष्टका तल्लो तहका नेता देखि माथिल्लो तहका नेताहरु सबै भ्रष्टचारी रहेको उहाँको आरोप थियो । उहाँले भन्नुभयो “भ्रष्टाचार रोक्छु भनेर मात्रै हुदैन, त्यो रोक्न आफ्ना तल्लो तहका कार्यक्रताहरुलाई सजग गराउनु पर्छ ।” अहिलेको कम्युनिष्ट सरकारले जनतालाई झुक्याउने काम मात्रै गरेको भन्दै उहाँले सरकारका कुरा प्रति जनताको आशा मर्दै गएको बताउनु भयो । सडक बिग्रियर मर्मत गर्न नसक्ने सरकारले पानीजहाजको कुरा गरेर जनतालाई भ्रममा पार्न खोजेको भण्डारीले बताउनु भयो ।

काँग्रेसले सरकारको बिरोधमा नभई जनताको चाहना अनुसारको काम नभएकाले बिरोध गर्नु परेको उहाँको भनाई थियो । दुई तिहाई दम्भमा बटम दवायर काँग्रेसको आन्दोलन नरोकिने भण्डारीले बताउनु भयो । उहाँले भन्नु भयो “माईतीघरमा होईन काँग्रेसको दबाब जिल्ला जिल्लामा गएर हेरे हुन्छ । जनताको भाबना बुझे हुन्छ ।” सो अबसरमा नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले स्थानिय तहमा कर बढेको, मजदुर आन्दोलनमा गोलि चलेको, क्यान्सर अस्पतालको भोगचलनमा रहेको जग्गामा सिटि हल निर्माण गर्न लागिएको भन्दै बिरोध  जनाउनु भएको थियो । भरतपुरको चौबिसकोठीबाट सुरु भएको बिरोध प्रदर्शन नारायणगढको पुलचोकमा पुगेर  कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा हजारौं चितवनबासिको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस