नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको अध्यक्षमा श्रेष्ठ निर्वाचित

सफल खबर संवाददाता

सोमबार, २९ जेठ २०८०, १९ : ३२
नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको अध्यक्षमा श्रेष्ठ निर्वाचित

काठमाडौँ । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको अध्यक्षमा राजेश बाबु श्रेष्ठ निर्वाचित भएका छन् ।

महासंघको आइतबार सम्पन्न पहिलो साधारणसभा तथा निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा विजय लाल कायस्थ, उपाध्यक्षमा सुजन लामा र रोशन महर्जन निर्वाचित भएका छन् । 

यस्तै महासचिवमा अजय बज्राचार्य, सचिवमा दिनेश कुमार राजभण्डारी तथा कोषाध्यक्षमा बलराम सुवेदी निर्वाचित भएका छन् । 

यस्तै सदस्यहरुमा दिनेश श्रेष्ठ, राज कुमार श्रेष्ठ, बाबुकाजी मानन्धर, नरेश कुमार मल्ल , अमृत रोकाया क्षेत्री, राजेश रत्न बज्राचार्य,  दुर्गा बहादुर श्रेष्ठ, ननिता महर्जन, विनिता राई निर्वाचित भएका छन् । 

यसैबीच नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले थप एक जना उपाध्यक्ष मनोनित गरेको छ । महासंघको स्वीकृत विधान बमोजिम अध्यक्ष श्रेष्ठले राजेश उपाध्यायलाई उपाध्यक्षमा मनोनित गरेको हो । 

यस्तै ज्ञानेन्द्र नकर्मी, नविन आले मगर, प्रज्वल राई,  निर्मला महर्जन, रेणुका श्रेष्ठ, रचना श्रेष्ठ र देविका राई सदस्यमा मनोनित भएका छन् । 
महासंघको प्रदेश अध्यक्ष पनि चयन गरिएको छ ।

जसअनुसार बागमतीमा राजन कुमार श्रेष्ठ, लुम्बिनीमा सितु प्रसाद श्रेष्ठ, गण्डकीमा ओकील (शंकर) मान तुलाधर उदास र कर्णालीमा रमेश कुमार केसी चयन भएका छन् ।

 हाल ४ प्रदेश र ३० जिल्लामा संघ गठन भइसकेको श्रेष्ठले जानकारी दिए  अन्य जिल्ला र प्रदेशमा गठन प्रक्रियामा भइरहेको बताइएको छ । कार्यसमितिको पदावधि ४ बर्षको रहनेछ।

प्रतिक्रिया दिनुहोस