स्वर्गद्वारीबाट फर्कंदै गरेका तीर्थयात्री बोकेको कार दुर्घटना हुँदा ८ जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २९ जेठ २०८०, १९ : १९
स्वर्गद्वारीबाट फर्कंदै गरेका तीर्थयात्री बोकेको कार दुर्घटना हुँदा ८ जनाको मृत्यु

दाङ । स्वर्गद्वारी मन्दिरको दर्शन गरी फर्किन लागेको कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी नगरपालिकाको भिगृ नजिकै टाकुरामा दुर्घटना हुँदा कारमा सवार ८ जनाकै मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी उमेशराज जोशीले जानकारी दिए ।

मृत्यु हुनेमा दाङको तुलसीपुर १५ कोठरीका ३५ वर्षिया सरीता शर्मा पोखरेल,उनका १४ वर्षका छोरा विशाल पोखरेल र ९ वर्षका विकाश पोखरेल, दाङको लमही नगरपालिका ७ गडुवाका ४० वर्षीय गोबिन्द शाह, उनकी श्रीमती ३० वर्षीया श्रीमती राधा नेपाली र उनीहरूकै ९ बर्षका छोरा आदित शाह छन्। 

आज दिउँसो उपल्लो घुम्तीबाट कार अर्काे घुम्तीमा खसेको थियो । गाडीमै च्यापिएका सबैलाई डोजरको प्रयोग गरी निकालिएको थियो ।