वर्तमान सरकार जनमुखी हुनुपर्छ : मीनेन्द्र रिजाल

मंगलबार, १५ साउन २०७५, १७ : ४९
वर्तमान सरकार जनमुखी हुनुपर्छ : मीनेन्द्र  रिजाल

 

विराटनगर  । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सदस्य डा मीनेन्द्र रिजालले जनताका मतबाट बनेका वर्तमान सरकार जनमुखी हुनुपर्ने बताउनुभएको छ ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति मोरङद्वारा आज यहाँ आयोजित विरोध सभालाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकारलाई विकास तथा गरिबी न्यूनीकरणका योजना ल्याउन सुझाव दिनुभयो ।

सोही अवसरमा काँग्रेसका केन्द्रीय सदस्यत्रय अमृत अर्याल, डिला संग्रौला र हसन अन्सारीले जनता महँगीका मारमा परेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

स्थानीय वीरेन्द्र सभागृहबाट निस्किएको विरोध ¥याली नगरको विभिन्न भागको परिक्रमा गर्दै महेन्द्र चोकमा पुगी कोण सभामा परिणत भएको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस