७७ वटै जिल्लामा सरकार विरुद्ध कांग्रेसको प्रदर्शन

सफल खबर संवाददाता

मंगलबार, १५ साउन २०७५, १६ : १८
७७ वटै  जिल्लामा सरकार विरुद्ध कांग्रेसको प्रदर्शन

काठमाडौं । नेपाली कांग्रेसले मंगलबार देशैभरी सरकारविरुद्ध प्रदर्शन गरेको छ । देशका ७७ जिल्लाकै जिल्ला कार्यसमितिको आहृवानमा जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन गरिएको छ ।

लोकतान्त्रिक पद्धतिको रक्षा, बढ्दोमहङ्गी र सरकारको सर्वसत्तावादी शैलीको विरोध गर्नका लागि भनेर  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस देशव्यापीरूपमा सडकमा उत्रिएको हो ।

काठमाडौंमा पनि कांग्रेसले रत्नपार्कमा विरोध प्रदर्शन गरेको छ । शान्ति बाटिकाबाट दिउँसो साढे २ बजे शुरु भएको प्रदर्शन असन, इन्द्रचोक, विशालबजार, न्युरोड हुँदै पुनस् शान्तिबाटिकामा आएर कोणसभामा परिणत हुनेछ । कोणसभालाई कांग्रेसका दोस्रो तहका नेताहरुले सम्बोधन गर्ने तयारी छ ।

देशैभर कांग्रेसले विरोध प्रदर्शन गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस