देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला

सफल खबर संवाददाता

आइतबार, २८ जेठ २०८०, १३ : ०२
देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला

काठमाडौं । देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोठली बस्ने ८२ वर्षीय मित्रलाल उपाध्याय आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् । यसैगरी रुपन्देहीको बुटवल उपमहानगरपालिका–८ शुक्रपथस्थित घरको पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष पनि मृत अवस्थामा फेला परेका छन् । 

यसैगरी पर्वतको बिहादी गाउँपालिका–६ दलबिरेस्थित सेतिखोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । गोरखाको सिरानचोक गाउँपालिका–६ स्थित दरौदी खोलाको किनारमा पनि गोरखा सिरानचोक गाउँपालिका–६ चिलाउने गाउँ बस्ने ६६ वर्षीय पूर्णबहादुर पुलामी मृत अवस्थामा परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस