हिमालमा पनि बढ्यो तापक्रम

पत्रपत्रिकाबाट

आइतबार, २८ जेठ २०८०, ०७ : २६
हिमालमा पनि बढ्यो तापक्रम

काठमाडौ । नेपालको  हिमाली  भेगको  तापक्रम  वृद्धितर्फ  अग्रसर  हुन  थालेको  छ  ।  पूर्वदेखि  पश्चिम  नेपालसम्मको  उच्च  हिमाली  भेगमा  विगत  केही  दिनयता तापव्रmम बढ्दा न्यानो महसुस हुन थालेको छ ।

जल तथा मौसम विभागका अनुसार पहाडको तुलनामा कम भए पनि हिमाली भेगका लागि न्यानो महसुस हुनु पनि तापव्रmम बढ्नु हो ।  

मौसम   पूर्वानुमान   महाशाखाका   अनुसार   सगरमाथा  क्षेत्रमा  बस्ती  भएका  स्थानमा  १५  डिग्री  सेल्सियसमाथि  तापक्रम उक्लिएको  छ  ।  खुम्बु  पासाङल्हामु  गाउँपालिकाका  अध्यक्ष  मिङ्मा  छिरी  शेर्पाका अनुसार त्यस क्षेत्रमा एक सातादेखि वर्षा भएको छैन । चहकिलो घाम लागेको छ । उनले भने, ‘हिमालको हिउँ कायम हुन यतिखेर वर्षा हुनुपर्ने हो तर भएको छैन । त्यसले चिन्ता थपेको छ ।’गोरखापत्रमा खबर छ ।