अझै ३ दिन गर्मी नघटने, कहाँको तापक्रम कति ?

सफल खबर संवाददाता

शुक्रबार, २६ जेठ २०८०, ०९ : ०८
अझै ३ दिन गर्मी नघटने, कहाँको तापक्रम कति ?

काठमाडौ । देशका अधिकांश स्थानमा जारी गर्मी अझै केही दिन नघट्ने देखिएको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार कम्तीमा ३ दिन खासै ठूलो वर्षाको सम्भावना देखिएको छैन। बादल नलाग्दा र वर्षा नहुँदा दिनभर घाम लाग्ने भएकाले तापक्रम घट्न पाउँदैन। 

मौसम महाशाखाले आफ्नो स्टेसन राखेका ६ स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। महाशाखाको विवरणअनुसार बिहीबार सबैभन्दा बढी तापक्रम बारा जिल्लाको सिमरामा ४२.६ डिग्री सेल्सियस पुगेको छ।

यसपछि क्रमशः भैरहवा र जनकपुरमा समान ४२.४, नेपालगन्जमा ४१.८, विराटनगरमा ४१.५ र धनगढीमा ४०.५ डिग्री सेल्सियस छ। बिहीबार काठमाडौं उपत्यकाको अधिकत तापक्रमसमेत ३२.८ डिग्री सेल्सियस पुगेको महाशाखाको विवरणमा उल्लेख छ। आज बिहान पौने ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रमसमेत २० डिग्रीमा उक्लिएको छ। 

‘अझै एक/दुई दिन तापक्रम घट्ने देखिन्न’, मौसमविद् लामिछानेले भने, ‘किनभने अहिलेसम्मको अनुमानमा यसबीच ठूलो वर्षाको खासै सम्भावना देखिएको छैन।’

पहाडी भेगका केही स्थानमा मौसम बदली र हल्का वर्षाको सम्भावना रहे पनि तराई क्षेत्रमा भने पानी पर्ने कुनै सम्भावना नदेखिएको उनले बताए। 

प्रतिक्रिया दिनुहोस