काठमाडौं । नेकपा (एमाले) का सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले आफ्नै पार्टीको जोडबलमा संविधानमा जन्मसिद्ध नागरितकका छोराछोरीले वंशजको नागरिकता पाउने प्रावधान राखिएको बताएका छन् ।
आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले संविधान सभामा एमाले नभएको भए जन्मसिद्धका छोराछोरीले वंशजको आधारमा नागरिकता पाउने प्रावधान संविधानमा नै समावेश नहुने बताएका हुन् ।
‘संविधान बनाउँदा नागरिकताका सन्दर्भमा केही गम्भीर प्रावधान हाम्रै पार्टीको जोडबलमा हामीले राखेका थियौं । नेपाली नागरिक जो जन्मसिद्धको आधारमा नेपाली नागरिक छन्, उनीहरुका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्छ भन्ने प्रावधान सायद नेकपा (एमाले) संविधान सभामा नभएको भए त्यो संविधानमा पर्ने थिएन । आज हामीले त्यो संविधानमा राख्यौं,’– उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ जेठ २०८०, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘राजनीतिमा बाह्य चुनौती बढिरहेको छ’: योगेश भट्टराई
म अन्तिम मतदाता ! : योगेश भट्टराई
हाम्रो उम्मेदवारी व्यक्तिगत हुन्छ, प्यानल बनाउँदैनौँ’ : योगेश भट्टराई
परिस्थितिले हामी सबैको विवेकको परीक्षा लिइरहेको छ : योगेश भट्टराई
गम्भीर भएर विचार गर्न पार्टी अध्यक्षलाई निवेदन गर्छु : योगेश भट्टराई
ओलीले गर्नुभएको आह्वान स्वागतयोग्य र समय सान्दर्भिक छ : योगेश भट्टराई