काठमाडौं । नेकपा (एमाले) का सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले आफ्नै पार्टीको जोडबलमा संविधानमा जन्मसिद्ध नागरितकका छोराछोरीले वंशजको नागरिकता पाउने प्रावधान राखिएको बताएका छन् ।
आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले संविधान सभामा एमाले नभएको भए जन्मसिद्धका छोराछोरीले वंशजको आधारमा नागरिकता पाउने प्रावधान संविधानमा नै समावेश नहुने बताएका हुन् ।
‘संविधान बनाउँदा नागरिकताका सन्दर्भमा केही गम्भीर प्रावधान हाम्रै पार्टीको जोडबलमा हामीले राखेका थियौं । नेपाली नागरिक जो जन्मसिद्धको आधारमा नेपाली नागरिक छन्, उनीहरुका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्छ भन्ने प्रावधान सायद नेकपा (एमाले) संविधान सभामा नभएको भए त्यो संविधानमा पर्ने थिएन । आज हामीले त्यो संविधानमा राख्यौं,’– उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ जेठ २०८०, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन्: योगेश भट्टराई
मदन भण्डारीले फरक मत राख्नेलाई कहिल्यै दलाल भन्नुभएन: योगेश भट्टराई
योगेश भट्टराईको कटाक्ष : 'ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ'
योगेश भट्टराईले मागे ओलीको राजीनामा
योगेश भट्टराईको प्रश्न: कम्युनिष्ट आन्दोलनलाई वैचारिक बहसमा लैजाने कि विसर्जन गर्ने ?
अध्यक्ष ओली पक्राउको संयमित भएर विरोध गछौं : योगेश भट्टराई