चिकित्सक लाइसेन्सको नतिजा सार्वजनिक, ६१ प्रतिशत चिकित्सक फेल

सफल खबर संवाददाता

शनिबार, २० जेठ २०८०, १२ : ४७
चिकित्सक लाइसेन्सको नतिजा सार्वजनिक, ६१ प्रतिशत चिकित्सक फेल

काठमाडौं । गत बुधबार देखि सञ्चालन गरेको तीन दिने चिकित्सक नाम दर्ता परीक्षा (लाइसेन्स) को नतिजा प्रकाशित भएको छ । परिक्षामा ६१ दशमलव ६१ प्रतिशत चिकित्सक फेल भएका छन् ।

नेपाल मेडिकल काउन्सिलका अनुसार परिक्षामा सहभागिता कुल १ हजार ७ सय ९ जनामध्ये १ हजार ५२ अर्थात ६१ दशमलव ६१ प्रतिशत फेल भएका हुन् । सहभागी ६ सय ५३ जना अर्थात ४० प्रतिशत भन्दा कम चिकित्सक मात्र पास भएका छन् । परीक्षामा मेडिकल (एमबीबीएस) र डेन्टर (बीडीएस) गरी १ हजार ७ सय २६ जना फारम भरेका थिए ।

जसमध्ये १७ जना परीक्षामा अनुपस्थित र १२ जनाको नतिजा रोकिएको मेडिकल काउन्सिलका रजिष्ट्रार डा.कृष्ण प्रसाद अधिकारीले जानकारी दिनुभयो । मेडिकल (एमबीबीएस) तर्फ कुल १ हजार ३ सय ९२ जनाले फारम भरेकोमा १ हजार ३ सय ७८ जना परीक्षामा सहभागी भएको बताएको छ ।

त्यसमध्ये ५ सय ५८ जना (४० दशमलव ४९ प्रतिशत) मात्रै उत्तीर्ण भएको जनाएकाे छ । यस्तै, डेन्टल (बीडीएस) तर्फ कुल ३३४ जनाले फारम भरेकोमा ३३१ जना सहभागी भएका थिए । जसमध्ये ९८ जना २९ दशमलव ६१ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस