काठमाडौं । सर्भरमा समस्या आएको भन्दै राष्ट्रिय परिचयपत्र वितरणको काम दुई दिनदेखि ठप्प भएको छ । जसका कारण हजारौं सेवाग्राही अहिले अलपत्र परेका छन् ।सरकारले वितरण गर्ने उक्त परिचयपत्रको आधारमा अन्य सरकारी कागजात बन्ने भएकाले दुई दिनदेखि सर्भरमा समस्या आएको भन्दै नियामक निकाय पन्छदै आएको छ ।
अत्यावश्यक सेवाभित्र पर्ने उक्त कामलाई राज्यले वेवास्ता गरेको कारण आफूजस्तै हजारौँ नेपालीले दुःख पाएको सिन्धुलीकी राममाया तामाङले बताइन् ।राष्ट्रिय परिचयपत्र विना राहदानी बनाउन नपाइने सरकारी नियमका कारण आफू अहिले अलपत्र परेको जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भेटिएकी तामाङले बताइन् ।
अहिले देशभरकै सर्भर डाउन भएको भन्दै ७७ वटै जिल्लाका प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र बनाउने काम बिहीबारबाट रोकेको छ ।जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख घनश्याम उपाध्यायले सरोवर डाउन हुँदा सयौँ सेवाग्राहीलाई सेवा दिन नसकेकोमा आफू दुःखी भएको बताए ।
सिंहदरवारभित्र रहेको मुख्य सरोवरमा नै समस्या आएको कारण देशभरको सेवा रोकिँदा पनि सरकारले उक्त समस्याको समाधान गर्न आलटाल गरेको आरोप सेवाग्राहीले लगाएका छन् ।
जनताकालागि के के न गछौं भन्ने सरकारले एउटा सानो समस्या समाधान गर्न नसक्नेले ठुला कुरा गर्नुको अर्थ नभएको जिल्ला प्रशासन कार्यालय काठमाडौका भेटिएका मदन दाहालले बताए ।
बिहीबारदेखि बिग्रिएको सरोवर कहिले बन्छ भन्ने टुंगो छैन । देशभरका जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयले सरोवर बनेपछि मात्रै राष्ट्रिय परिचयपत्र बनाउन आउन भन्दै सेवाग्राहीलाई फर्काउदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ जेठ २०८०, ११ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण
राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउँछौ : सञ्चारमन्त्री गुरुङ
राष्ट्रिय परिचयपत्र पालिका तहबाट वितरण गर्ने तयारी
राष्ट्रिय परिचयपत्र बनाउनेको भीड
पेन्सनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य, तीन चरणमा लागू हुने गरी निर्णय