ए डिभिजन लिगः आज तीन खेल हुँदै

सफल खबर संवाददाता

विहीबार, १८ जेठ २०८०, ११ : १६
ए डिभिजन लिगः आज तीन खेल हुँदै

काठमाडौँ।शहीद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदै छन् । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।च्यासल मैदानमा दिउँसो ३ बजे फ्रेण्ड्स क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै सोही समयमा दशरथ रंगशालामा हुने पहिलो खेलमा न्युरोड एनआरटी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।रंगशालामै साँझ ६ बजे हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस