ए डिभिजन लिग : मच्छिन्दको जित

सफल खबर संवाददाता

बुधबार, १७ जेठ २०८०, २२ : ०३
ए डिभिजन लिग : मच्छिन्दको जित

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा मच्छिन्द« क्लबले जित हात पारेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा बुधबार दिउँसो भएको खेलमा सातदोबाटो युथ क्लबलाई ३–१ गोल अन्तरले हराएको हो ।  

मच्छिन्द«को जितमा आफिज ओलावालेले ह्याट्रिक गोल गरे । सातदोबाटोका लागि जोर्डन मगरले एक गोल फर्काए । १६औं मिनटमा ओलावालेले गोल गर्दै मच्छिन्द«को खाता खालेका थिए । पहिलो हाफको इन्ज्युरी समयमा ब्यक्तिगत दोस्रो गोल गर्दै ओलावालेले मच्छिन्द«को अग्रता दोब्बर बनाएका थिए । खेलको ५६औं मिनटमा ओलावालेले गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गर्दा मच्छिन्द«ले सातदोबाटोमाथिको अग्रता तेब्बर बनाएको हो । 

यसपछि ८४औं मिनटमा जोर्डनले सातदोबाटोका लागि एउटा सान्त्वना गोल फर्काए । जितसँगै मच्छिन्द« २३ खेलमा ३९ अंक जोड्दै मच्छिन्द« अंकतालिकाको दोस्रो स्थामना उक्लिएको छ । चर्च बोइजको २२ खेलमा ३८ अंक छ । यता हारको सामना गरेको सातदोबाटोको २९ अंक छ । आजै च्यासलस्थित च्यासल मैदानमा भएको अर्काे खेलमा थ्री स्टार क्लब र संकटा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रतिक्रिया दिनुहोस