कांग्रेस सभापति देउवाले भने देशमा निरङकुश शासन व्यवस्थाको संकेत देखियो ,बाध्य भएर आन्दोलनमा आउँछौ

शनिबार, १२ साउन २०७५, १७ : २२
कांग्रेस सभापति देउवाले भने देशमा निरङकुश शासन व्यवस्थाको संकेत देखियो ,बाध्य भएर आन्दोलनमा आउँछौ

चितवन । नेपाली कांग्रेसका सभापति एव पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले देशमा निरङकुश शासनको सङकेत देखिएको बताउनुभएको छ ।
कांग्रेस शुभेच्छुक संस्था डेमोक्रेटिभ लर्यश एशोसियसन डीएलए को १० औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै देउवाले नेकपा सरकारले संवैधानिक निकाय , विभिन्न निकाय माथि हस्तक्षेपकारी नीति लिएर देशमा निरङकुश शासन लाद्न खोजेको आरोप लगाउनुभयो ।
कांग्रेसले प्रजातन्त्र माथिको प्रहारलाई सहेर नबस्ने उहाँको भनाई छ । हामी प्रतिपक्षमा बसेको ५ महिना भयो ,उहाँले भन्नुभयो ,“यस बिचमा सरकारले देशलाई अधिनायकवाद तर्फ धकेल्ने तागत लगाउदैछ । यस्तो हुदै गएमा कांग्रेस आन्दोलनको कार्यक्रमसम्म जान बाध्य हुन्छ ।”
देउवाले कांग्रेस आन्दोलनको पक्षमा नरहे पनि सरकारले आन्दोलनमा आउने वातवरण सिर्जना गरेको उल्लेख गर्नुभयो ।
पार्टी एकिकरण भएसँगै नेकपाले २ तिहाईको दम्भ देखाउन थोलेकाले लोकतन्त्र माथि खतरा बढेको भन्दै आपत्ती जनाउनुभयो । 

प्रतिक्रिया दिनुहोस