चिनियाँ सेनाले भारत सीमामा सैनिक संख्या नबढाएको दाबी

एजेन्सी

मंगलबार, १६ जेठ २०८०, ११ : ४७
चिनियाँ सेनाले भारत सीमामा सैनिक संख्या नबढाएको दाबी

एजेन्सी। चिनियाँ जनमुक्ति सेनाले भारतसँगको सीमामा सन् २०२० मा भएको जति नै संख्या कायम राखेको भारतले जनाएको छ । भारतीय सेनाका सर्वोच्च अधिकारी सीडीएस जनरल अनिल चौहानले पत्रकारहरूसँग कुराकानी गर्दै यथास्थिति नबिग्रोस् भनी भारतीय सेनाले हरसम्भव प्रयास गरिरहेको बताए । 

सीमामा सन् २०२० अघि जुन ठाउँमा आफूहरूले गश्ती गर्ने गरेको थियो, त्यसमा दाबी कायम रहेको उनको भनाइ छ । ती क्षेत्रहरूमा यथास्थिति बनाउनुपर्ने उनी बताउँछन्।सीमा विवाद समाधानभन्दा फरक विषय यो भएको उनले बताए । सन् २०२० मा भएको गलवान हिंसापछि भारतले वास्वतिक नियन्त्रण रेखाका कतिपय क्षेत्रमा गरिराखेको गश्तीलाई चिनियाँहरूले रोकेका छन् । 

प्रतिक्रिया दिनुहोस