विद्यालयमा जंक फूड निषेध, स्यानिटरी प्याडका लागि १ अर्ब ४२ करोड बजेट

सफल खबर संवाददाता

सोमबार, १५ जेठ २०८०, १७ : ५९
विद्यालयमा जंक फूड निषेध, स्यानिटरी प्याडका लागि १ अर्ब ४२ करोड बजेट

काठमाडौं।सरकारले आगामी आर्थिक वर्षदेखि विद्यालयमा जंक फूड निषेध गर्ने भएको छ । बालबालिकालाई विद्यालयमा ल्याउने, सिकाउने र टिकाउने अभियान संचालन गर्दैबालबालिकालाई विद्यालयमा ल्याउन खाजा खर्च दिएको छ ।

दिवा खाजा खर्च खुवाउन ८ अर्ब ४५ करोड रूपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए ।उनले आगामी आर्थिक वर्ष २०८०/८१ को ३२ लाख बालबालिका लाभान्वित हुने गरी दिवा खाजा दिने बताए । सरकारले छात्राको सेवाका लागि निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने छ । यसका लागि १ अर्ब ४२ करोड विनियोजन गरेको अर्थमन्त्री महतले बताए ।

प्रतिक्रिया दिनुहोस