काठ आयात घटाउने सरकारको घोषणा

सफल खबर संवाददाता

सोमबार, १५ जेठ २०८०, १७ : २९
काठ आयात घटाउने सरकारको घोषणा

काठमाडौं। सरकारले विदेशबाट काठजन्य वस्तु आयात कटौती गर्न वनजंगलबाट तीन करोड घनमिटर काठ बजारमा ल्याउने जनाएको छ ।आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले विदेशी काठ आयातलाई कम गर्न सरकार जंगलबाट थप काठ बजारसम्म ल्याउने घोषणा गरेका हुन् ।

साथै खाली रहेका जंगल क्षेत्रमा जडिबुटी खेतीलाई प्राथमिकता दिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस