डिएलए अधिवेशन : संस्थापन पक्ष निकै कमजोर

सुरेन कुँवर

शुक्रबार, ११ साउन २०७५, १८ : १०
डिएलए अधिवेशन : संस्थापन पक्ष निकै कमजोर

चितवन । डीएलए नेपालको १० औ महाधिवेशनमा सभापति शेरबहादुर देउवा समूह कमजोर देखिएको छ ।  डीएलएको अध्यक्षका लागि कृष्ण सिटौला समूहले योगेन्द्रबहादुर अधिकारीलाई अघि सारेको छ भने पौडेल पक्षले सिताराम केसीको नाम लिएको छ । 
देउवा समूहले भने उम्मेदवार घोषणा गरेको छैन । अहिलेसम्म ६ जनाको नाम अध्यक्ष पदका लागि चर्चामा रहेको छ । अध्यक्षको उम्मेदवारमा संस्थापन पक्षको तर्फबाट कसैको पनि उम्मेदवार नरहेको उच्च स्रोत बताउँछ । 

संस्थापन पक्ष १० औँ महाधिवेशनमा पनि हाबी हुन नसकेपछि पौडेल र सिटौला समूह नै आपसमा चुनाव लड्ने अवस्था आएको छ । ६ जनाको नाम अध्यक्ष पदका लागि चर्चामा रहे भातृ संगठनहरुको चुनावमा मिल्दै आएका पौडेल, सिटौला समुह सहमति मै नेतृत्व चयन गर्ने मुडमा छ । 

तर, पौडेल र सिटौंलाले आफूले चाहेकै व्यक्ति हुनुपर्छ भनेपछि चुनाव हुने देखिन्छ । अध्यक्षका दावेदार केदार कार्कीसँगै केसी र अधिकारी भने निर्वाचनको पक्षमा रहेको स्रोत बताउँछ । 
१० औँ महाधिवेशनलाई निर्वाचन वा सहमतिबाट टुङग्याउने भन्ने पुर्व अध्यक्ष यदुनाथ खनाल र गोपालकृष्ण घिमिरेको भुमिका रहने स्रोतले बतायो । त्यसैले यस पटकको महाधिवेशनलाई पुर्व अध्यक्षहरुको लडाई पनि भनिएको छ ।

यो पनि :
डीएलए नेपालको १० औँ महाधिवेशन भोली देखि शुरु हुँदै, कांग्रेस सभापति देउवाले उद्घाटन गर्ने


 

प्रतिक्रिया दिनुहोस