डीएलए नेपालको १० औँ महाधिवेशन भोली देखि शुरु हुँदै, कांग्रेस सभापति देउवाले उद्घाटन गर्ने

सुरेन कुँवर

शुक्रबार, ११ साउन २०७५, १७ : ५९
डीएलए नेपालको १० औँ महाधिवेशन भोली देखि शुरु  हुँदै, कांग्रेस सभापति देउवाले उद्घाटन गर्ने

चितवन । नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसन डीएलएको १० औँ महाधिवेशन भोली (शनिबार) देखि शुरु हुँदैछ । महाधिवेशनको कांग्रेस सभापति एव पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

नवलपुरको गैडाकोटमा आयोजकले पत्रकार सम्मेलन गरी महाधिवेशनलाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्धय, सशांक कोईरला, पुर्ण बहादुर खड्का,कोषाध्यष सितादेवि यादव लगाएत नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले सम्बोधन गर्ने आयोजकले जानकारी दिएको छ ।

१० औं महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ भनिएको छ, डीएलए नेपालका अध्यक्ष भरतप्रसाद खरेलले भन्नुभयो । २०७० सालमा डीएलए २ भागमा विभाजित थियो । तत्कालीन पार्टी सभापति सुशील कोइरालाले हस्तक्षेप गरेर गोपालकृष्ण घिमिरेलाई अध्यक्ष बनाएपछि डिएलए बिभाजित भएको थियो । घिमिरेको विरुद्धमा वरिष्ठ अधिवक्ताहरुको समूहले भरत प्रसाद खरेलको नेतृत्वमा सामानान्तर समिति बनाएको थियो । पछि खरेलकै नेतृत्वमा तदर्थ समिति बनाएर गैंडाकोटमा १० औं महाधिवेशन गर्न लागिएको हो । 

५ बर्षपछि हुन लागेको महाधिवेशनले संघिय संरचना अनुसार विधान संशोधन गर्ने जनाईएको छ । हाल ३९ जना केन्द्रीय समितिलाई बढाएर ४३ सदस्यीय कार्यसमिति चयन गर्ने छ । अध्यक्ष पदका लागि योगेन्द्र बहादुर अधिकारी, शकेदार कार्की, रामकुमार श्रेष्ठ, सिताराम केसी, रामप्रसाद गौडेल, प्रलाद बहादुर कार्की मैदानमा देखा परेका छन् । 

डीएलए नेपालको महाधिवेशनमा ११ सय ३१ जना कानुन व्यवसायीहरुले मतदान गर्दै छन् । १० औँ महाधिवेशन व्यवस्थापन तथा तयारी समितिका संयोजक गोपालकृष्ण घिमिरेले भोली (शनिवार) ५ बजेसम्म विधान संशोधन पास गरी, निर्वाचन तर्फ लाग्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस