आँखासँगै कान उपचार सेवा विस्तारको योजनामा नेत्रज्योति संघ दाङ

सफल खबर संवाददाता

विहीबार, ११ जेठ २०८०, ११ : २८
आँखासँगै कान उपचार सेवा विस्तारको योजनामा नेत्रज्योति संघ दाङ

लमही । नेपाल नेत्रज्योति संघ दाङले लमहीमा आँखासँगै कान उपचारको सेवा सञ्चालन गर्ने प्रयासमा जुटेको छ । लमही आँखा अस्पतालअन्तर्गत् कान उपचारका लागि आवश्यक तयारी भइरहेको नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जकामुख  प्रशासक  अधिकृत शम्शेर थापाले बताए ।

 

लमही नगरपालिका–५ रातोडाँडा स्थित नगर विकास समितिले उपलब्ध गराएको पाँच कठ्ठा जमिनमा भवन निर्माण गरेर कानसम्बन्धी समस्याका बिरामीलाई सेवा दिने प्रयासमा नेत्रज्योति संघ रहेको नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज, राप्ती आँखा अस्पतालका प्रमुख प्रशासक थापाले बताए ।

उनले भवन निर्माणसँगै कानसम्बन्धी विशेषज्ञ सेवा दिन सके देउखुरीसँगै जिल्लाका कानसँग सम्बन्धित बिरामीले सेवा लिन पाउने बताए । त्यसका लागि सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको उनले बताए ।आँखा उपचारका लागि अहिले काम गरिरहेको भन्दै कानसम्बन्धी उपचारको सेवा दिनसके धेरै जनताले सेवा पाउने बताए । जग्गा प्राप्त भए पनि लमहीका नगरका अघिल्लो जनप्रतिनिधि र प्रमुख प्रशासक कारण अस्पताल निर्माणमा ढिलाइ भएको बताए ।

उनले नेपालमा एक लाख ३० हजार व्यक्ति दृष्टिविहीन रहेको जानकारी गराएका थिए । त्यसमध्ये ३० हजार २ सय ४० जना बच्चाहरू दृष्टिविहीन छन् भने ९० हजार बच्चाहरूमा न्यून दृष्टिविहीनको समस्या रहेको छ । नेपालमा ३० वर्षभन्दा मापथिका एक लाख मानिस जलबिन्दुको समस्या रहेको जानकारी गराएका थिए । यसैगरी एक लाख व्यक्ति मधुमेहका बिरामी छन् । जसमध्ये २० हजार व्यक्ति मधुमेहका कारण दृष्टिविहीन हुनुपरेको प्रमुख प्रशासक थापाले बताए । 

प्रतिक्रिया दिनुहोस