संकटामाथि एपीएफको रोमाञ्चक जित

सफल खबर संवाददाता

बुधबार, १० जेठ २०८०, १९ : ०३
संकटामाथि एपीएफको रोमाञ्चक जित

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ फुटबल क्लवले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लवमाथि २–१ को रोमाञ्चक जित निकालेको छ ।ललितपुरस्थित च्यासल मैदानमा बुधवार सम्पन्न खेलमा एपीएफलाई जिताउन दुवै गोल आवास लामिछानेले गरे । संकटाका लागि मनिष डाँगीले सात्वना गोल फर्काए ।

खेलको २४ औं मिनेटमा आवासको गोलमार्फत एपीएफले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा आवासले नै व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरे ।५० औं मिनेटमा मनिषले गोल गर्दै संकटालाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त हुन सकेन ।

प्रतिक्रिया दिनुहोस