थ्रीस्टारलाई हराउँदै पुलिस आठौं स्थानमा उक्लियो

सफल खबर संवाददाता

मंगलबार, ०९ जेठ २०८०, १९ : ०३
थ्रीस्टारलाई हराउँदै पुलिस आठौं स्थानमा उक्लियो

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज मंगलबार नेपाल पुलिस क्लबले थ्री स्टारलाई १-० ले पराजित गरेको छ । सातदोबाटोस्थित एनेफा कम्प्लेक्समा भएको खेलमा पुलिसका लागि अहमद हिजाजीले निर्णायक गोल गरे ।

उनले २८औं मिनेटमा गरेको गोल नै पुलिसलाई ३ अंक दिलाउन पर्याप्त बन्यो । यस सिजन सातौं जित निकालेको पुलिस २० खेलबाट २५ अंक जोडेर आठौं स्थानमा उक्लेको छ ।

छैटौं स्थानको थ्रीस्टार र सातौं स्थानको हिमालयन शेर्पा भन्दा पुलिस एक अंकले मात्र पछि छ ।

प्रतिक्रिया दिनुहोस