भरतपुर–१२ को रामबेल खेल मैदानमा भोलिदेखि अन्तर टोलस्तरीय फुटबल प्रतियोगिता हुँदै

सफल खबर संवाददाता

मंगलबार, ०९ जेठ २०८०, १५ : १७
भरतपुर–१२ को रामबेल खेल मैदानमा भोलिदेखि अन्तर टोलस्तरीय फुटबल प्रतियोगिता हुँदै

चितवन। भरतपुर महानगरपालिका–१२ मा बुधबारदेखि अन्तर टोलस्तरीय नकआउट फुटबल सुरु हुँदैछ ।वडा खेलकुद विकास समिति भरतपुर–१२ को आयोजनामा हुने प्रतियोगिताको महानगरका उपमेयर चित्रसेन अधिकारीले उद्घाटन गर्नेछन् । प्रतियोगितामा भरतपुर–१२ का १७ टोली सहभागी हुनेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगिताका खेलहरु रामबेल सामुदायिक वनको मैदानमा हुनेछन् । उद्घाटन खेलमा बुधबार कालिका टोल र पोख्रेली टोल भिड्नेछन् । बुधबार नै हुने दोस्रो खेलमा राधाकृष्ण टोल र सहयोगी टोल भिड्ने वडा खेलकुद विकास समिति भरतपुर–१२ का उपाध्यक्ष कृष्ण कार्कीले जानकारी दिए ।

१८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ४० हजारसहित ट्रफी प्राप्त गर्ने कार्कीले बताए । यस्तै उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछ । विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस