बागमती प्रदेश

स्वास्थ्यमन्त्री जोशीको प्रतिवद्धता : हुँदा खाने वर्गलाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउछु

सफल खबर संवाददाता

सोमबार, ०८ जेठ २०८०, १६ : २७
स्वास्थ्यमन्त्री जोशीको प्रतिवद्धता : हुँदा खाने वर्गलाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउछु

चितवन । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले स्वास्थ्यको पहुँच हुने खाने वर्गमा निहित हुन नहुने बताएका छन । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको आयोजनामा आज (सोमबार) हेटौंडामा सम्पन्न ‘स्वास्थ्य सबै नीतिमा सम्बन्धित’ बिषेयक कार्यशाली गोष्ठीमा मन्त्री जोशीले यस्तो बताएका हुन । उनँले स्वास्थ्यको पहुँच हुने खाने वर्गमा निहित रहेको भन्दै हुँदा खानेको पनि पहुँच पुग्नुपर्नेमा जोड दिए । यसका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको उनकोे भनाइ थियो । 

मन्त्री जोशीले प्रदेशको स्वास्थ्य सेवाको अवस्थामा सुदृढीकरण गर्दै नागरिकलाई गुणस्तरीय सेवा दिने प्रतिवद्धता पनि जनाए । यसका लागि सबै मन्त्रालयहरुको साथ र सहकार्यको अपेक्षा रहेको उनले बताए । प्रदेशमा बन्ने सबै नीतिहरु स्वास्थ्यको दृष्टिकोणबाट विष्लेषण गरी सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए । 

यस्तै समुदायका सबै पक्षहरु तथा सरकारका सबै अङ्गहरुको समन्वय र सहकार्यबाट मात्रै सबैलाई स्वास्थ्यको पहुँचमा पुराउन सकिने उनको भनाइ थियो । सबैका लागि स्वास्थ्यको लक्ष्य हासिल गर्न बहुक्षेत्रीय समन्वय आवश्यक रहेको मन्त्री जोशीले बताए ।
 

प्रतिक्रिया दिनुहोस