रुपन्देही । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ । सोमबार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
मुख्यमन्त्री चौधरीले नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका एक–एक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेपाली कांग्रेसका राजु खनाल स्वास्थ्यमन्त्री, जसपाका भण्डारीलाल अहिर कृषि तथा भूमी व्यवस्था र जनमत पार्टीका चन्द्रकेश गुप्ता सामाजिक विकास मन्त्री बनेका छन् ।
गुप्ता यसअघि सामाजिक विकास मन्त्री र अहिर कृषि मन्त्री बनेका थिए । खनालको भने नयाँ हुन् । यसअघि माओवादीका धनबहादुर मास्की अर्थमन्त्री तथा लोसपाका सन्तोषकुमार पाण्डेय र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी विना विभागीय मन्त्री नियुक्त भैसकेका छन् । नवनियुक्त मन्त्रीहरुको आजै सपथ गराउने तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ जेठ २०८०, १५ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ
जसपाद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
लुम्बिनीमा ११ महिनामा ५९ प्रतिशत मात्रै विकास बजेट खर्च
लुम्बिनी प्रदेशको बजेट मन्त्रिपरिषद् बैठकबाट स्वीकृत
लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि