ए डिभिजन लिगमा आज दुई खेल हुँदै

सफल खबर संवाददाता

सोमबार, ०८ जेठ २०८०, १० : ५६
ए डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सोमबार दुई खेल हुँदैछ । दिउँसो ३ बजे च्यासल मैदान ललितपुरमा हुने खेलमा शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेड र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुँदैछ ।

चर्च ब्वाइज १९ खेलबाट ३६ जोडेर शीर्ष स्थानमा छ। ऊ यो खेलमा जित निकाल्दै शीर्ष स्थानको अंक दूरी ५ अंकले बढाउन चाहन्छ। दोस्रो स्थानको मच्छिन्द्रले २० खेलबाट ३४ अंक जोडेको छ। यस्तै हिमालयन शेर्पा १९ खेलबाट २५ अंकसहित सातौँ स्थानमा छ ।

त्यस्तै, एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे हुने अर्काे खेलमा त्रिभुवन आर्मी र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। तालिकाको छैटौँ स्थानमा रहेको आर्मीले १९ खेलबाट २६ अंक जोडेको छ।१३औँ स्थानमा रहेको फ्रेण्ड्सले समान खेलबाट २१ खंक जोडेको छ।

 

प्रतिक्रिया दिनुहोस