काठमाडौं। वैदेशिक रोजगारीको लागि दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक चौँरीदेउराली-६ कात्तिके देउराली स्थाई घर भई हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१० कपन आकाशेधारा बस्ने वर्ष २९ को उमेश रिमाल रहेका छन् ।
रिमालले १७ जनालाई वैदेशिक रोजगारीको लागि दुबई पठाइदिन्छु भन्दै प्रलोभनमा पारी निज पीडितहरूबाट पटक-पटक गरी जम्मा ९,५०,००० रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।
प्रहरीले रिमाललाई आज कामपा वडा नं. ३१ नयाँबानेश्वरबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ जेठ २०८०, १९ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्रिस र यूएई पठाउने भन्दै २६ लाख ठगी गर्ने दुईजना पक्राउ
कोरिया पठाउने बहनामा ठगी गरेको आरोप
ठगी गिरोहमा संलग्न चार जना पक्राउ
पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ
ठगीको नयाँ रुप : युएईका ‘नक्कली कलेज’को पासोमा नेपाली
अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा महिला पक्राउ