हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले थप ६ जनालाई सरकारमा मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री जम्कटेलले एक विनाविभागीयसहित ६ जना मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
नेपाली कांग्रेसबाट पुकार महर्जनलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, मसिना खड्कालाई वन तथा वातावरण, उत्तम जोशीलाई स्वास्थ्य मन्त्रालय र रामकृष्ण चित्रकारलाई विनाविभागीय मन्त्री बनाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
नेकपा एकीकृत समाजवादीबाट डा. राजेन्द्रमान श्रेष्ठलाई कृषि तथा पशुपन्छी मन्त्रालय र लक्ष्मण लम्साललाई श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीहरुको शपथ आजै दिउँसो ३ बजे प्रदेश प्रमुखको कार्यालमा हुने जानकारी दिइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ जेठ २०८०, १४ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
यातायात क्षेत्र सुधार्न बागमती प्रदेशको निर्देशन: ६ महिनाभित्र थप ट्रायल सेन्टर खोल्न निर्देशन
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा
बागमती प्रदेश उपसभापति हुमागाईंदारा रास्वपा परित्याग गरेको घोषणा