‘ए’ डिभिजन लिग : मनाङ र संकटाको बराबरी

सफल खबर संवाददाता

विहीबार, ०४ जेठ २०८०, १८ : ५०
‘ए’ डिभिजन लिग : मनाङ र संकटाको बराबरी

काठमाडाैं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लब र मनाङ मस्र्याङ्दी फुटबल क्लबले अंक बाँडेका छन् । च्यासल मैदानमा बिहीबार भएको खेलमा मनाङले संकटा क्लबसँग २-२ गोलको बराबरी खेलेको हो ।

यस बराबरीसँगै मनाङले १९ खेलमा २३ अंक जोडेको छ । मनाङ सातौं स्थानमा उक्लिएको छ । संकटाले १९ खेलमा २२ अंक जोडेको छ । संकटा आठौं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस