लन्डन । युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले रुसी तेललाई प्रशोधित इन्धनका रूपमा भारतले युरोपमा बिक्री गरेको भन्दै युरोपेली संघले कारबाही गर्नुपर्ने बताएका छन् ।मंगलबार फाइनान्सियल टाइम्समा प्रकाशित एक लेखमा, ‘रुसबाट भारतमा तेलको प्रवाह रोक्न हामीले कदम चाल्नु पर्छ’ भनेका छन् । मस्कोले युक्रेनमा आक्रमण गरेदेखि रूसी तेलको सबैभन्दा ठूलो खरीददारहरू मध्ये एक भारत भएको उल्लेख गर्दै सो उनले सो कदम रोक्नका लागि प्रयास गर्नुपर्ने बताएका छन् ।
‘यदि डिजेल वा पेट्रोल युरोपमा प्रवेश गर्दैछ, भारतबाट रुसी तेल आउँदैछ भने यो निश्चित रूपमा छलछाम हो र युरोपेली सदस्य राष्ट्रहरूले अब नयाँ कदम चाल्नु पर्छ,’ उनले भनेका छन् ।‘यदि तिनी (भारत) ले बेच्छ हामी (युरोप) कसले किन्दैछ भनेर अब हेर्नु पर्छ,’ उनले अगाडी भनेका छन् । अहिलेसम्म रुसी तेल युरोपमा बेच्ने भारतको काम कारबाही रोक्नका लागि युरोपेली संघले कुनै कदम चालेको छैन। यद्यपि, बोरेलले भनेका छन कि अब मुद्धा भारतका विदेशमन्त्रीसँग उठाउनेछन्, जसलाई उनले मंगलबार भेट्दैछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ जेठ २०८०, १६ : २१
लेखकबाट थप