सात लाख करदाता थपिए

सफल खबर संवाददाता

आइतबार, ३१ बैशाख २०८०, ०७ : २१
सात लाख करदाता थपिए

काठमाडौ पछिल्लो समयमा करमा दर्ता हुनेको सङ्ख्या निरन्तर बढिरहेको छ । सम्पूर्ण किसिमको आर्थिक कारोबारका लागि स्थायी लेखा नम्बर (प्यान) र साना व्यवसाय पनि मूल्य  अभिवृद्धि  कर  (भ्याट)मा  दर्ता  हुनुपर्ने  व्यवस्था  कार्यान्वयनमा  आएपछि  करमा  दर्ता  हुनेको  सङ्ख्या  व्रmमिक रूपमा बढिरहेका छन् । 

अर्थ मन्त्रालयको तथ्याङ्क अनुसार २०७८ साल चैतदेखि २०७९ चैतसम्मको अवधिमा मात्रै करिब सात लाख करदाता थपिएका छन् ।

तथ्याङ्क अनुसार २०७८ चैतसम्म ४७ लाख र २०७९ चैतसम्म करिब ५४ लाखले पान लिएका छन् । मन्त्रालयले  सार्वजनिक  गरेको  उक्त  पछिल्लो  तथ्याङ्क अनुसार व्यक्ति प्यान नम्बर लिनेको सङ्ख्या बढ्दा  करमा  दर्ता  हुनेको  सङ्ख्यामा  उल्लेख्य  वृद्धि  देखिएको  खबर गोरखापत्रले छापेको छ ।

प्रतिक्रिया दिनुहोस