सात बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै दोस्रो अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट –२०२३ सम्पन्न

सफल खबर संवाददाता

शनिबार, ३० बैशाख २०८०, १२ : ४२
सात बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै दोस्रो अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट –२०२३ सम्पन्न

काठमाडौँ । सात बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट –२०२३ तथा बिमस्टेकको रजत जयन्ती समारोह सम्पन्न भएको छ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजनामा कार्यक्रम सम्पन्न भएको    हो ।यसको संयोजनको भूमिका नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल (नाट्टा)ले गरेको थियो भने लुम्बिनी विकास कोष, नेपाल वायुसेवा निगमको सहकार्य एवं अन्य सङ्घ संस्थाहरूको समेत सहयोग थियो । सन २०२४ को मार्च २४ मा तेस्रो अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट आयोजना गर्ने लुम्बिनी घोषणा पत्र सार्वजनिक गर्दै मार्ट सम्पन्न भएको हो । 

 

सात बुँदे घोषणापत्रमा लुम्बिनी, भगवान् बुद्ध ९शाक्यमुनि० को जन्मस्थल र शान्तिको मुहानलाई बौद्ध परिक्रमाको सुरुवात बिन्दु र शान्ति गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने, लुम्बिनी र अन्य बौद्ध स्थलहरूमा पर्यटकको बसाइ विस्तार गर्न विभिन्न गतिविधिहरू सहितको साझा प्याकेज विकास गर्ने, पर्यटकहरूलाई अन्तर्राष्ट्रिय नेटवर्किङ र संलग्न गतिविधिहरूलाई प्राथमिकता दिने उल्लेख छ ।

यस्तै बुद्धसँग सम्बन्धित क्षेत्रका चार प्रमुख पवित्र स्थलहरू लुम्बिनी, बोध गया, सारनाथ र कुशीनगरको बौद्ध सर्किटलाई अन्य बौद्ध स्थलहरूमा विस्तार गर्ने, प्रवद्र्धनकोलागि साझा कथाहरू-कथाहरू विकास गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्य अन्तर्राष्ट्रिय गन्तव्यहरूमा कनेक्टिभिटीको प्रवर्द्धन र विस्तार गर्ने लगायतका विषयहरू समेटिएका छन् ।

 

मार्टले अन्तर्राष्ट्रिय क्षेत्रमा बौद्ध पर्यटन, उत्पादन र गतिविधिहरूको विकास, ब्रान्ड र प्रदर्शन गर्ने वार्षिक कार्यक्रमको रूपमा स्थापित हुने विश्वास गरिएको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रग्मीले बताए । उनले मार्टमा सहभागी विभिन्न देश तथा क्रेता र बिक्रेताहरुको उपस्थितीले लुम्बिनीको पर्यटनलाई थप चलायमान बनाउने समेत बताए । ‘लुम्बिनी आफैमा बुद्ध पर्यटनको केन्द्र हो । मार्टले कोभिड पछि सिथिल भएको पर्यटनलाई पुनर्जागृत गर्न र लुम्बिनीको महत्त्वलाई थप उजागर गर्न सहयोग पुग्ने हाम्रा अपेक्षा छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस