काठमाडौँ । सांसद रामशंकर यादवले पञ्चायतदेखि अहिलेसम्म राजकीय निकायमा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् । संसद्मा बोल्दै यादवले पञ्चायतदेखि अहिलेसम्मका राजकीय निकायमा बसेकाको सम्पत्ति छानबिन गर्न समिति बनाउन माग गरेका हुन् । यो सरकारको हिम्मत भए देशलाई भ्रष्टाचार गरेर दलदलमा फसाउने सबै भ्रष्टलाई छानबिन गरेर कारबाही गर्नुपर्ने यादवले बताए ।
राजकीय निकायमा बसेका कर्मचारी र राजनीतिक दुवैको सम्पत्ति छानबिन गर्न आवश्यक रहेको बताए । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणले देशको शिर झुकेको यादवले बताए । ‘अहिलेको नेपाली प्रेसमा अन्तर्राष्ट्रिय रूपमा हाँसो लाग्दो कुरा आइराखेको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्य अत्यन्तै निर्लज्ज खालको कार्य हो । यसले देशको शिर झुकेको छ’ यादवले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ बैशाख २०८०, १३ : ४५
लेखकबाट थप