एजेन्सी।रुसको निजी सैन्य समूह वाग्नरका प्रमुख येभ्गेनी प्रिगोजिनले युक्रेनको बाखमुत शहरबाट रुसी सैनिकहरू भागेको बताएका छन् । ‘आज रक्षा मन्त्रालयको एउटा इकाइ भागेपछि अग्रमोर्चा शत्रुहरूको आक्रमणको जोखिममा परेको छ,’ प्रिगोजिनले बताए । रक्षा मन्त्रालयले लड्नुको साटो योजना मात्र बनाइरहेको भनी प्रिगोजिनले आरोप लगाए ।
रुसी सैन्य कमान्डरहरूको मूर्खताका कारण सैनिकहरू आफ्नो पोजिसनबाट हटिरहेको उनको भनाइ छ । कमान्डरहरूले आपराधिक आदेश दिइरहेको उनले बताए । नेतृत्वको चरम मूर्खताका कारण सैनिकहरू मर्नु हुँदैन,’ प्रिगोजिनले बताए । आफूहरूलाई थप गोलीगट्ठा नदिएमा वाग्नर बाखमुतबाट पछि हट्ने भनी प्रिगोजिनले पहिले नै चेतावनी दिइसकेका छन् ।
बाखमुत कब्जामा लिनका लागि वाग्नर समूह अग्रपंक्तिमा रहेको छ । प्रिगोजिनले सार्वजनिक आलोचना गरेपछि रुसको सैन्य नेतृत्वले वाग्नरलाई थप गोलीगट्ठा दिने निर्णय गरेको छ ।महिनौंदेखि रुसी र युक्रेनी सैनिकहरू बाखमुतमा लडाइँ गरिरहेका छन् । दुवै पक्षले व्यापक क्षति बेहोर्नुपरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २७ बैशाख २०८०, १२ : ५८
लेखकबाट थप