नेपाललाई अन्तर्राष्ट्रिय खेलहरुको हबको रूपमा विकास गरियोस् : खिमलाल देवकोटा

सफल खबर संवाददाता

मंगलबार, २६ बैशाख २०८०, १२ : २७
नेपाललाई अन्तर्राष्ट्रिय खेलहरुको हबको रूपमा विकास गरियोस् : खिमलाल देवकोटा

काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले नेपालको इज्जत र सम्मान बढाउने क्रिकेट खेलाडीहरुलाई सरकारले झारो टार्ने काम नगर्न आग्रह गरेका छन ।

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा उनले अहिले नेपाललले क्रिकेटमा उत्कृष्ट खेल प्रदर्शन गरेको कुरालाई मध्यनजर गरी त्यही अनुसार खेल पूर्वाधारको विकास गर्नुपर्ने बताए ।

खेलाडीहरुको उचित सम्मान र पुरस्कृत गर्नुपर्ने बताउनु हुँदै सदस्य देवकोटाले राष्ट्रको लागि योगदान दिएको नाममा जो जस्ता पनि पुरस्कृत र सम्मान गर्ने चलन बढेको गुनासो आइरहेको भन्दै त्यस्तो प्रवृत्ति भए हटाउन आग्रह समेत गरे।

सदस्य देवकोटाले खेल पूर्वाधारमा नेपालमा लगानी बढाइ अन्तर्राष्ट्रिय खेलहरुको हबको रूपमा नेपाललाई स्थापित गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस