विभिन्न स्थानमा तीनजना मृतावस्थामा फेला

सफल खबर संवाददाता

सोमबार, २५ बैशाख २०८०, २० : १३
विभिन्न स्थानमा तीनजना मृतावस्थामा फेला

काठमाडौं । विभिन्न स्थानमा तीन जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिका-९ का ३६ वर्षीय भक्त बहादुर थापा घर नजिकैको खेतमामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी गोरखाको पालुङटार नगरपालिका-९ हात्तिगौडास्थित जलजला बिल्डर्स प्रालि कम्पनीको मध्य मस्याङ्दी हाईटेन्सन पोलको काम गर्ने सप्तरी कञ्चनरुप नगरपालिका-९ रघुनाथ का ५५ वर्षीय डुम सर्दार सुतेकै ठाउँमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

संखुवासभाको मकालु गाउँपालिका-२ लुम्लुमास्थित जंगल खोल्सीमा पनि सोही ठाउँ थरीगाउँ बस्ने ६० वर्षीया जम्मु राई सोमबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको समाचार कक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस