हेटौंडा । बागमती प्रदेशसभा सचिवालयमा आज अपराह्न सर्वदलीय बैठक बस्ने भएको छ । आज बस्ने उक्त सर्वदलीय बैंठक आगामी बजेट अधिवेशनका लागि मिति तोक्ने र प्रदेश सरकारद्वारा प्रस्तुत गरिने आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको सैद्धान्तिक पक्ष तथा पूर्ण तयारीसम्बन्धी विषयमा छलफल गरिने जनाइएको छ ।
आगामी प्रदेश सभाको बैठकमा प्रस्तुत गर्न कार्यसूची तयारी गरिने भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए । प्रदेशसभाको हिउँदे अधिवेशन यही वैशाख १३ गते राति अन्त्य गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २५ बैशाख २०८०, ११ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशसभाद्वारा ५ विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
बागमती प्रदेशसभाको बैठक बस्दै
बागमती प्रदेशसभा बैठक: तीन विधेयक सर्वसम्मतिले पारित