काठमाडौ । नेपाल प्रहरीले बैदेशिक रोजगाकारका लागि कम्बोडिया पठाइदिन्छु भनी ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गोरखा नगरपालिका–१०, गोरखा घर भई काठमाडौंको नयाँ बसपार्क बस्ने ३१ वर्षीया सुदीप लामा तामाङ रहेका छन्। उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।
तामाङले वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिने लोभ देखाएर ३१ लाख ठगी गरेको आरोप छ। उनले कम्बोडियाको प्रतिष्ठित कम्पनीमा कम्युटर अपरेटरमा काम लगाइदिने र मासिक दुई लाख पारिश्रमिक हुने भनी तीन जनालाई ठगी गरेको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।
तीनजना पीडितले वैदेशिक रोजगार विभागमा दिएको उजुरीका आधारमा तामाङलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रेग्मीले बताए।
पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको उनले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ बैशाख २०८०, ०८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डलर साट्ने बहानामा ठगी गर्ने एक जना पक्राउ
वैदेशिक रोजगारीको नाममा ११ करोड ठगी गर्ने दुई जना पक्राउ
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी, दुई जना पक्राउ
रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
युएई र माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
ठगी गरेको आरोपमा २ जना पक्राउ