कांग्रेस गण्डकीको प्रमुख सचेतकमा नन्दप्रसाद न्यौपाने मनोनीत

सफल खबर संवाददाता

आइतबार, २४ बैशाख २०८०, १७ : ०१
कांग्रेस गण्डकीको प्रमुख सचेतकमा नन्दप्रसाद न्यौपाने मनोनीत

पोखरा। नेपाली कांग्रेस गण्डकी संसदीय दलको प्रमुख सचेतकमा नन्दप्रसाद न्यौपानेलाई मनोनयन गरिएको छ । संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले उनलाई आइतबार प्रमुख सचेतकमा मनोनयन गरेका हुन् । गोरखा क्षेत्र नम्बर १(१) बाट न्यौपाने निर्वाचित भएका हुन् । उनी पार्टी जिल्ला सभापति समेत हुन् । 

प्रतिक्रिया दिनुहोस