नेपाली नागरिकता लिएको आरोपमा १२ जना भारतीय नागरिक पक्राउ

सफल खबर संवाददाता

आइतबार, २४ बैशाख २०८०, १० : ४२
नेपाली नागरिकता लिएको आरोपमा १२ जना भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले १२ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

झुटा विवरण पेश गरेर नेपाली नागरिकता लिएको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो ।

घटनाबारे विस्तृत जानकारी दिन उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्ने भएको छ ।

आरोपीहरुसँग भारतीय र नेपाली नागरिकता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।  पक्राउ परेकाहरु नेपालमा ब्यापार व्यवसाय गर्दै आएका थिए । 

प्रतिक्रिया दिनुहोस