काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले शुक्रबार नेता रिजाललाई केन्द्रीय सदस्य मनोनीत गरेका हुन् । देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम केन्द्रीय सदस्यमा मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाकारी दिए ।
२०७८ मंसिरमा सम्पन्न पार्टीको १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजित रिजाललाई अहिले आएर देउवाले केन्द्रीय सदस्य मनोनित गरेका छन् । महामन्त्रीमा पराजित प्रकाशशरण महत र प्रदीप पौडेललाई महाधिवेशन लगत्तै केन्द्रीय समितिमा मनोनित गरेका देउवाले रिजाललाई १७ महिना रोके ।
महाधिवेशनमा सभापतिमा पराजित सभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह, कल्याण गुरुङ, उपसभापतिमा पराजित विजयकुमार गच्छदार, सुजाता कोइराला, सहमहामन्त्रीमा पराजित जीवनबहादुर शाही, मीनबहादुर विश्वकर्मा ०७८ पुसमै केन्द्रीय सदस्यमा मनोनित भएका थिए । शेखर कोइराला प्यानलबाट पदाधिकारीमा चुनाव होरका मध्ये केन्द्रीय सदस्यमा मनोनित हुने रिजाल पहिलो हुन् ।
उपसभापतिमा पराजित डा.चन्द्र भण्डारी तथा सहमहामन्त्रीमा पराजित तेजुलाल चौधरी, कमला पन्थ, रामकृष्ण यादव, विकास लामा देवराज चालिसे र शेख वकिललाई देउवाले केन्द्रीय सदस्य मनोनित नगरेको अवस्था छ । देउवा प्यानलबाट पदाधिकारीमा उम्मेदवारी दिएर हारेकाहरु भने सबैले केन्द्रीय समितिमा प्रवेश पाइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ बैशाख २०८०, १९ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न कांग्रेसले लगायो ह्विप
आफू कुनै पनि किसिमको आतंकवादको विरुद्धमा रहेको काँग्रेसको स्पष्टीकरण
बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक
कांग्रेस पदाधिकारी बैठक बस्दै
काँग्रेसले नेपाली जनसम्पर्क समितिलाई थप देशमा विस्तार गर्ने
एमालेसँगको सहमतिमै टेकेर नीति कार्यक्रम आएको काँग्रेसको प्रष्टीकरण